aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एनआईसी एशिया लघुवित्तले असार १० गतेदेखि आईपीओ विक्री गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ असार २०७७
एनआईसी एशिया लघुवित्तले असार १० गतेदेखि आईपीओ विक्री गर्ने

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले असार १० गतेदेखि आईपिओ विक्री खुला गर्ने भएको छ । कम्पनीले ४७ लाख ५५ हजार कित्ता आईपीओ विक्री गर्न लागेको हो । कुल कित्तामध्ये कम्पनीले ७४ हजार कित्ता कर्मचारीहरुको लागि छुट्याएको छ भने २ लाख ३७ हजार ८०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको छ । 

बाँकी रहेको ४४ लाख ४३ हजार २०० कित्ता शेयर कम्पनीले असार १० गतेदेखि सर्वसाधारणलाई विक्री गर्न लागेको हो । यो आईपीओ छिटोमा असार १४ र ढिलोमा असार २४ गतेसम्म विक्रीमा रहनेछ । आईपीओ खरिद गर्न चाहनेहरुले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । 

आईपीओ विक्री प्रबन्धकको जिम्वेवारी सानिमा क्यापिटल लिमिटेडले पुरा गर्नेछ । आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि– आस्वा सेवामा सहभागि सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यलयहरुबाट आवेदन दिन सक्नेछन् । 

कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले आधारभूत पक्ष औषतभन्दा तल रहेको ग्रेड ४ रेटिङ प्रदान गरेको छ । हाल  १ अर्ब ४५ लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको आईपीओ पश्चात १ अर्ब ४८ करोड रुपैयाँ पुग्नेछ । 
 

प्रतिक्रिया दिनुहोस