aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१ को खुद सम्पतिको मुल्य १२ दशमलव ०८ प्रति इकाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ जेठ २०७६
एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१ को खुद सम्पतिको मुल्य १२ दशमलव ०८ प्रति इकाई

एनएमबि सुलभ इन्भेष्मेन्ट फण्ड–१ को खुद सम्पतिको मुल्य वैशाख महिनामा १२ दशमलव ०८ प्रति इकाई रहेको छ जबकी अघिल्लो महिना चैत्रको अवधि भन्दा शुन्य दशमलव ५५ प्रति इकाईले बढी हो । गत चैत्र महिनामा ११ दशमलव ५३ प्रति इकाई रहेको थियो ।

एनएमबि सुलभ इन्भेष्मेन्ट फण्ड–१ ले ४४ करोड ४० लाख रुपैयाँ शेयर लगानी गरेको छ । अघिल्लो महिनामा ४० करोड ९२ लाख रुपैयाँ शेयर लगानी गरेको थियो । ऋणपत्रमा १७ करोड ४० लाख रुपैयाँ लगानी गरेको छ ।

एनएमबि सुलभ इन्भेष्मेन्ट फण्ड–१ को आम्दानीमा ९ करोड ६२ लाख रुपैयाँ आर्जन गरेको छ । भने अघिल्लो महिनामा ५ करोड २७ लाख रुपैयाँ आम्दानी गरेको थियो । त्यस्तै खर्चमा १३ दशमलव ३३ प्रतिशतले बढेर १ करोड ७८ लाख रुपैयाँ पुगको छ भने अघिल्लो महिनामा १ करोड ५८ लाख रुपैयाँ रहेको थियो ।

सुचिकृत धितोपत्रमा भएको लगानी मध्येमा वाणिज्य बैंकमा सबैभन्दा बढी प्राइम कमर्सियल बैंकको ४० हजार १ सय २६ कित्ता, डेभलपमेण्ड बैंकमा सबैभन्दा बढी गरिमा विकास बैंकको २४ हजार ४ सय ७० कित्ता, हाइड्रोपावरमा सबैभन्दा बढी युनिर्भसल पावर कम्पनीको ४८ हजार २ सय ११ कित्ता शेयर रहेको छ ।

त्यस्तै जीवन बीमा कम्पनीमा सबैभन्दा बढी प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको १५ हजार ७ सय २६ कित्ता, निर्जीवन बीमा कम्पनीमा हिमालयन जनरल इन्स्योरेन्सको १८ हजार २१९ कित्ता र लघुवित्तमा सबैभन्दा बढी डिप्रोक्स लघुवित्त विकास बैंकको १५ हजार १ सय ५९ कित्ता र होटलमा सोल्टी होटलमा १२ हजार ६ सय ५० कित्ता शेयर रहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस