aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सेञ्चुरी बैंकद्वारा अन्तरिम लाभांश वितरण शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ असार २०७७
सेञ्चुरी बैंकद्वारा अन्तरिम लाभांश वितरण शुरु

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले अन्तरिम लाभांश वितरण गर्न शुरु गरेको छ । बैंकले शेयर धनीहरुलाई लकडाउनको समयमा राहत पु¥याउने उदेश्यले प्रस्तावित नगद लाभांशमध्यबाट ३ प्रतिशत अन्तरिम लाभांश वितरण गरेको हो । आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट प्रस्ताव गरेको ४ दशमलव ७५ प्रतिशत नगद लाभांश मध्यबाट ३ प्रतिशत अन्तरिम लाभांश गत फागुन ३० गतेसम्म कायम शेयरधनीहरुलाई कर कट्टा गरी वितरण गर्न सुरु गरिएको बैंकले सुचना मार्फत जानकारी गराएको छ । 

गत बिहिबार अन्तरिम लाभांश दिने घोषणा गरेको थियो । उक्त लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरिएको हो । यसर्थ आफ्नो लाभांश सुरक्षित गर्न भौतिक शेयरहरुलाई अभौतिकीकरण गर्न र हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन समेत बैंकले आग्रह गरेको छ ।

बैंकले गत आर्थिक वर्षको वार्षिक साधारण सभा लकडाउनका लागि स्थगित भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट नगद लाभांश सहित २ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको छ ।

हाल बैंकको चुक्तापूँजी  ८ अर्ब ४१ करोड ५४ लाख ७२ हजार रुपैयाँ रहेको छ । सोहि पूँजीको आधारमा बैंकले लाभांश दिन लागेको हो । अन्तरिम लाभांश पछिको बाँकी नगद लाभांश र बोनस शेयर भने आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिने समेत बैंकले सुचना मार्फत जानकारी दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस