aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एक्सेल डेभलपमेन्ट बैंक र एशियन लाइफबीच बैंकास्योरेन्स

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ जेठ २०७६
एक्सेल डेभलपमेन्ट बैंक र एशियन लाइफबीच बैंकास्योरेन्स

एक्सेल डेभलपमेन्ट बैंक र एशियन लाइफ इन्स्योरेन्सबीच हिजो आइतबार बैंकास्योरेन्ससम्बन्धी सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेल र एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले हिजो (आइतबार) बैंकास्योरेन्ससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । 

बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोखरेल, कम्पनी सचिव श्याम बहादुर बोहोरा र अपरेसन प्रमुख सुमन लामिछानेले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । एशियन लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ, नायव प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ र विर्तामोड शाखाका प्रमुख रितु प्रधानले संयुक्त रुपमा हस्ताक्षर गरेको छ । 
ग्राहकहरुले एक्सेल बैंकका ५ जिल्लामा रहेको विभिन्न ३२ शाखाहरुबाट एशियन लाइफको जीवन बिमा गर्नुका साथै यससम्बन्धी सबै सेवा प्राप्त गर्नसक्ने जनाइएको छ । 
बैंकले यसअघि रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि. र नेपाल लाइफ इन्स्योरेन्ससँग पनि सम्झौता गरी ग्राहकहरुलाई विमा सेवा प्रदान गरिरहेको छ । यो सगै बैंकले बैंकास्योरेन्स गरेको इन्स्योरेन्स कम्पनी संख्या तीन पुगेको छ ।   
 

प्रतिक्रिया दिनुहोस