
एनएमबि हाईब्रिड फण्ड एल–१ को खुद सम्पतिको मुल्य वैशाख महिनामा ११ दशमलव ०९ प्रति इकाई रहेको छ जबकी अघिल्लो महिना चैत्रको अवधि भन्दा शुन्य दशमलव २७ प्रति इकाईले बढी हो । गत चैत्र महिनामा १० दशमलव ८२ प्रति इकाई रहेको थियो ।
एनएमबि हाईब्रिड फण्ड एल–१ ले २८ करोड ८७ लाख रुपैयाँ शेयर लगानी गरेको छ । अघिल्लो महिनामा २६ करोड ५१ लाख रुपैयाँ शेयर लगानी गरेको थियो । ऋणपत्रमा ८ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ ।
एनएमबि हाईब्रिड फण्ड एल–१ को आम्दानी १० करोड ४ लाख रुपैयाँ आर्जन गरेको छ । भने खर्च १ करोड ७९ लाख रुपैयाँ पुगको छ ।
सुचिकृत धितोपत्रमा भएको लगानी मध्येमा वाणिज्य बैंकमा सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयरको ४३ हजार ८ सय २१ कित्ता, डेभलपमेण्ड बैंकमा सबैभन्दा बढी एक्सेल डेभलपमेन्ट बैंकको २१ हजार ९ सय ४ कित्ता, हाइड्रोपावरमा सबैभन्दा बढी युनिर्भसल पावर कम्पनीको ६४ हजार २ सय ५६ कित्ता शेयर रहेको छ ।
त्यस्तै जीवन बीमा कम्पनीमा सबैभन्दा बढी नेशलन लाइफ इन्स्योरेन्स कम्पनीको १० हजार ८ सय १५ कित्ता, निर्जीवन बीमा कम्पनीमा नेको इन्स्योरेन्सको १५ हजार १ सय ७० कित्ता र लघुवित्तमा सबैभन्दा बढी साना किसान विकास बैंकको १२ हजार ४ सय ४० कित्ता र होटलमा तारागाँउ रिजेन्सी होटल्समा ९ हजार ८ सय कित्ता शेयर रहेका छन् ।
प्रतिक्रिया दिनुहोस