aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

आरएमडिसी लघुवित्तको संस्थापक शेयर लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ असार २०७७
आरएमडिसी लघुवित्तको संस्थापक शेयर लिलामीमा

काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्थाले ८१ हजार २९४ कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्ने भएको छ । कम्पनीले ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको स्वामित्वमा रहेको उक्त शेयर लिलामी प्रकृयाबाट विक्री गर्न लागेको हो । असार १८ गतेदेखि विक्री खुला हुने उक्त शेयर खरिद गर्न चाहनेहरुले असार २४ गतेभित्र आवदेन दिन सक्नेछन् । 

शेयरको न्यूनतम मूल्य प्रति शेयर  ३२५ रुपैयाँ तोकिएको हुँदा सो वा भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । एकै व्यक्ति वा कम्पनीले शेयर खरिदको लागि एउटा मात्र आवेदन फारम पेश गर्नुपर्नेछ ।

 बोलपत्र पेश गर्दा न्यूनतम १००० कित्ता वा सो भन्दा बढी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ । प्राप्त बोलपत्र असार २५ गते बिहीबार विहान ११ बजे प्रभु क्यापिटल, कमलादी, काठमाडौंमा खोलिने कम्पनीले जानकारी दिएको छ । कम्पनीको शेयर रजिष्ट्रार प्रभु क्यापिटल रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस