aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मर्जरको प्रस्ताव सहित समिट लघुवित्तले बोलायो विशेष साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ असार २०७७
मर्जरको प्रस्ताव सहित समिट लघुवित्तले बोलायो विशेष साधारण सभा

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाले असार २१ गते विशेष साधारण सभा बोलाएको छ । होटल सिटी पार्टी प्यालेस विर्तामोड, झापामा विहान १०ः३० बजे सभा बोलाएको हो ।

सजिलो लघुवित्त वित्तीय संस्थालाई आफुसँग गाभ्न लागेको यस कम्पनीले सो सम्बन्धी समझदारीपत्रलाई विशेष साधारण सभा मार्फत अनुमोदन  गर्ने कार्यक्रम रहेको छ । यी दुई कम्पनीलाई एक आपसमा गाभ्न गाभिनका लागि २०७६ चैत ५ गते नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको थियो । 

सभाले मर्जर भए पश्चात सजिलो लघुवित्तको कायम हुने शेयर स्वामित्वमा सर्वसाधारण समूहको शेयर स्वामित्व अनुपात नेपाल राष्ट्र बैंकले तोके बमोजिम न्यूनतम ३० प्रतिशतभन्दा कम हुने भएकाले सम्बन्धित निकायको स्वीकृती लिई कम भए बराबरको शेयर संख्यालाई थप सार्वजजिक निष्कासन(एफपीओ) निष्कासन गर्ने प्रस्ताव पारीत गर्नेछ ।

 मर्जर पश्चात कम्पनीको नाम समिट लघुवित्त वित्तीय संस्था राख्ने र संयुक्त कारोबारपछि केन्द्रीय बैंकको स्वीकृती लिई वित्तीय संस्थाको केन्द्रीय (रजिष्टर्ड) कार्यालय टोखा नगरपालिका, काठमाडौंमा स्थानान्तरण गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ ।

हाल  २५ करोड ४३ लाख रुपैयाँ चुक्तापूँजी रहेको समीट लघुवित्तले १४ करोड रुपैयाँ चुक्तापूँजी रहेको सजिलो लघुवित्तसँग मर्जर प्रकृयामा जान लागेको हो । मर्जर पश्चात कम्पनीको चुक्तापूँजी ३९ करोड ४३ लाख रुपैयाँ पुग्नेछ ।

यी दुई कम्पनी एक आपसमा मर्जर प्रयोजनको लागि कम्पनीको शेयर २०७६ माघ २३ गतेदेखि शेयर कारोबार रोक्का रहेकाले उक्त मितिसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउने छन् ।
 

प्रतिक्रिया दिनुहोस