aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

वोमी लघुवित्तको स्थगित साधारण सभा असार १९ गते हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ असार २०७७
वोमी लघुवित्तको स्थगित साधारण सभा असार १९ गते हुने

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाको स्थगित आठौं वार्षिक साधारण सभा असार १९ गते हुने भएको छ । कम्पनीले काभ्रे जिल्लाको बनेपा नगरपालिका– १४ साँगास्थित कम्पनीको केन्द्रीय कार्यलयमा साधारण सभा गर्न लागेको हो । यस अघि गत चैत १६ गतेका लागि तय भएको उक्त सभा कोरोना संक्रमणका कारण रोकिएको थियो ।

सभामा कम्पनीले २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१६ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ । उक्त लाभांश र साधारण सभा प्रयोजनको लागि कम्पनीले गत फागुन ३० गते देखि चैत १६ गतेसम्म बन्द गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस