aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

कैलालीको बलियामा जनता बैंकको नयाँ शाखा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ बैशाख २०७६
कैलालीको बलियामा जनता बैंकको नयाँ शाखा

जनता बैंक नेपालले लम्कीचुहा नगरपालिका वडा नं. ४, बलिया शाखाबाट कारोवार शुभारम्भ गरिएको छ । बुधबार एक समारोहकाबिच सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री  झपटबहादुर बोहोराले बलिया शाखाको उद्घाटन गरेका थिए । 

उक्त समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै  सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बोहोराले जनता बैंकको स्थापनाले यस क्षेत्रका जनताको जिबनस्तर उठाउन महत्वपूर्ण भुमिका रहने चर्चा गरे । 

यस शाखा उद्घाटनको अबसरमा सोही स्थानमा यस बैंकको आयोजना र धनगढी नेत्रालय आँखाँ अस्पतालको प्राविधिक सहकार्यमा निःशुल्क आखा शिविर पनि आयोजना गरिएको थियो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत आयोजना गरिएको उक्त बृहत आखा शिविरमा निःशुल्क औषधी र चस्मा वितरण गरिएको थियो । १ हजार जना भन्दा बढीकाृ आँखाँ परिक्षण गरिएको उक्त आँखाँ शिविरमा छानिएका मोतिबिन्दु सम्बन्धि बिरामीको धनगढी नेत्रालयमा मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने छ ।

जनता बैंकको यस बलिया शाखा सँगै मुलुकको सबै प्रदेशमा गरी शाखा संख्या १२९ पुगेको छ भने सुदुरपश्चिम प्रदेशमा शाखा संख्या ९ पुगेको छ । साथै यसै प्रदेशको धनगढी उपमहानगरपालिका वडा नं. १ सेतोपुलमा नयाँ शाखा खुल्ने क्रममा रहेको छ । बैंकले यि शाखाहरु सहित ९६ एटिएम, ५० शाखा रहित बैंकिङ्क, ३ एक्स्टेनसन काउन्टर र १ सिमित्त बैंकिङ्कबाट करिव ६ लाख ग्राहकहरुलाई सहज र सरल बैंकिङ्क सेवा पु¥याइरहेको छ ।  
 

प्रतिक्रिया दिनुहोस