aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

विश्व बैंकबाट १२ अर्ब ऋण लिने मन्त्रिपरिषद्को निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ असार २०७७
विश्व बैंकबाट १२ अर्ब ऋण लिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले विश्व बैंकबाट १२ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को असार २ गते बसेको बैठकले नेपालको उर्जा सुधारको लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था आइडीएले उपलब्ध गराउने १० करोड अमेरिकी डलर अर्थात १२ अर्ब रुपैयाँ ऋण स्वीकार गर्ने निर्णय भएको हो । 

यस्तै साना सिँचाइ कार्यक्रम आयोजना दोस्रो चरणको योजना कार्यान्वयनको लागि स्विजरल्याण्डले दिने २ अर्ब २ करोड ४० लाख अनुदान पनि सरकारले स्वीकार गर्ने निर्णय भएको छ । 

प्रतिक्रिया दिनुहोस