aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

महालक्ष्मी विकास बैंक र ओम हस्पिटलबीच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ जेठ २०७६
महालक्ष्मी विकास बैंक र ओम हस्पिटलबीच सम्झौता

महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकका लागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले ओम हस्पिटल तथा रिसर्च सेन्टरसँग सम्झौता गरेको छ । बैंकका तर्फबाट वरिष्ठ प्रबन्धक प्रकाश घिमिरे र अस्पतालका तर्फबाट कार्यकारी निर्देशक बाबु काजी कार्कीले उक्त पत्रमा हस्ताक्षर गरेको थियो । 

उक्त सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवारले ओम हस्पिटल तथा रिसर्च सेन्टर प्रा. लि. मा विभिन्न विधाका स्वास्थ्य परीक्षण तथा उपचार गराउँदा सेवाशुल्कमा छुट पाउन सक्नेछन् । 

सामान्य स्वास्थ्य परीक्षण, प्याथोलोजी, रेडियोलोजी, अल्ट्रासाउन्ड, मेमोग्राम, इसिजि, इको, इन्डोस्कोपी, कोलोनोस्कोपी, दन्तसेवा, शल्यक्रिया लगायत बेड चार्जमा बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, कर्मचारी, कर्मचारीका परिवारले आकर्षक छुट प्राप्त गर्न सक्ने छ ।

देशका ९३ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. ले आगामी दिनहरुमा उक्त अस्पतालसँग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।    
 

प्रतिक्रिया दिनुहोस