
काठमाडौं । ग्रामीण तथा शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआईसी एशिया बैंकले विराटनगर महानगरपालिका र धरान उपमहानगरपालिकामा आफ्नो दुई नयाँ शाखा कार्यालयहरुको सोमबार औपचारिक उद्घाटन गरेको छ ।
मोरङ जिल्ला, विराटनगर महानगरपालिका वडा नं। १५, रानी मिल्स एरियास्थित रानी मिल्स एरिया शाखाको यस बैंकका सञ्चालक राजेन्द्र प्रसाद अर्यालले गरेका थिए । त्यस्तै सुनसरी जिल्ला, धरान उपमहानगरपालिका वडा नं। १८ बुद्ध चोकस्थित बुद्ध चोक शाखाको यस बैंकका सञ्चालक विनोद कुमार प्याकुरेले गरेका थिए ।
बैंकका मुलुकभर २८४ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २८ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
प्रतिक्रिया दिनुहोस