
काठमाडौं । आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल बैंक र सूर्योदय लघुवित्तको शेयर सूचीकृत भएको छ । नेपाल बैंकको १ करोड ४७ लाख १६ हजार ७२२ कित्ता र सूर्योदय लघुवित्तको ४ लाख ८० हजार कित्ता शेयर सूचीकृत भएको हो ।
नेपाल बैंकले गत पुस २५ गते ६० औं वार्षिक साधारण सभाबाट पारित गराएको १५ प्रतिशत बोनस शेयर र सूर्योदय लघुवित्तले गत पुस ५ गते सातौ वार्षिक साधारण सभा बाट पारित गरेको ४४ दशमलव ४८ प्रतिशत बोनस शेयर कारोबारका लागि सूचीकृत गराएको हो ।
प्रतिक्रिया दिनुहोस