aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

बैंक अफ काठमाण्डूको ग्राहकलाई बीमा दाबी रकम भुक्तानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ असार २०७७
बैंक अफ काठमाण्डूको ग्राहकलाई बीमा दाबी रकम भुक्तानी

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड द्वारा बिओके सुपर तलब खातामा विभिन्न सुबिधाहरुका साथ रु. सात लाख दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तताको बीमा सुबिधा उपलब्ध गराउर्दै आईरहेको छ । 

यस खातामा रहेका थुप्रै सुबिधाहरुको प्रयोगवापत लाभ लिन नेपाल ईकरात ईन्जिनियरिङ्ग कम्पनी प्रा.लि.ले कर्मचारीहरुको तलब खाता बैंक अफ काठमाण्डू लिमिटेडको हेटौंडा शाखामा विगत केही समय देखि संचालन गर्दै आईरहेको छ । 

साथै, बैंकको उक्त तलब खातामा रहेको बीमा सुबिधा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडसँगको सहकार्यमा उपलब्ध गराउँदै आएको थियो । 

उक्त ईन्जिनियरिङ्ग कम्पनीमा कार्यरत कर्मचारी रविन सूनारको दुर्घटनामा परी असामयिक निधन भएको थियो । 

निधनपश्चात् स्व.सुनारका पिता ठुलो कान्छा सुनारलाई बैंकको हेटौंडा शाखा कार्यालयका शाखा प्रबन्धक रमेश प्याकुरेलज्यूले उक्त बीमा दाबी रकम रु. सात लाखको हस्तान्तरण गरेको छ । 

बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ । 

प्रतिक्रिया दिनुहोस