aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

किर्ते सही गरी बैंक खाताबाट मोबाईल रिचार्ज गर्ने गिरोह पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ असार २०७७
किर्ते सही गरी बैंक खाताबाट मोबाईल रिचार्ज गर्ने गिरोह पक्राउ

चितवन ।  जिल्ला चितवन भरतपुर म.न.पा.वडा नं.६ हाल जिल्ला पर्सा बी.म.न.पा. वडा नं.१३ बस्ने एक ग्राहकको बैंक खाताबाट नक्कली सहि गरि बैंक खाताबाट रकम मोबाइल रिर्चाज गर्ने गिरोहलाई पक्राउ गरेको छ । 

मिरा कुमारी के.सी.ले राष्ट्रिय वाणिज्य बैंक आदर्शनगर शाखा कार्यालय बीरगंजमा खाता असार ७ गते अपरिचित व्यक्तीले किर्ते सही गरी ९८२९२४३५६० नम्बरबाट बैंक खाताबाट मोबाइल रिचार्ज गरिएको प्रमाण फेला पारेपछि प्रहरीले पक्राउ गरेको छ ।

 निज मिरा कुमारी के.सी.को नामकै मोबाइल बैंकिङ सेवा सुचारु गरी मिरा के.सी.को खाताबाट पटक पटक गरी तिन लाख रुपैयाँ नगद अन्य बैंकको खातामा ट्रान्सफर गरेको प्रहरीले जनाएको  छ । 

अनुसन्धान गर्दै जाँदा जिल्ला बारा प्रसौनी गा.पा.वडा नं.१ बस्ने साह जहा अंसारीको छोरा बर्ष २२ को नादिर साहले किर्ते सहि गरी आफनो मोबाईल नं. ९८२९२४३५६० को प्रयोग गरेको प्रहरीले बताएको छ । 

मोबाइल बैंकिङ सेवा सुचारु गराई मिरा कुमारी के.सीको खाताबाट निज नादिर साहको खाता रहेको अन्य बैंकहरुमा  पटक पटक रकम ट्रान्सफर गरी ठगी गर्दै गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ 
 

प्रतिक्रिया दिनुहोस