
काठमाडौं । महालक्ष्मी विकास बैंकले हेटौंडाका दुई विद्यालयमा शुद्ध खानेपानी व्यबस्थापनमा सहयोग गरेको छ । बैंक टाँडी शाखाले मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा न. ११ मा अवस्थित आनन्द भैरव आधारभुत विद्यालयमा र चितवनको इच्छाकामना गाँउपालिका वडा न. ७ मा अवस्थित राष्ट्रिय माध्यामिक विद्यालयमा विद्यार्थीहरुको लागि शुद्ध पिउने पानी व्यवस्थापनमा सहयोग गरेको हो ।
१ लाख ५० हजार रुपैया र एक लाख पैसठ्ठी हजार रुपैया गरी जम्मा तीन लाख पन्ध्र हजार रुपैयाको आर्थिक सहयोग प्रदान गरेका छन । बैंकको हेटौंडा शाखामा सम्पन्न कार्यक्रमका बीच बंैकका शाखा प्रबन्धके शम्भु प्रसाद पराजुलीले रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष ईन्द्र प्रसाद नेपाललाई एक लाख पचास हजार रकमको चेक हस्तान्तरण गरेका थिए ।
सोमबार रोयल सेन्चुरी होटलमा सम्पन्न एक कार्यक्रमका बीच शाखाका प्रबन्धक श्याम बाबु तिमिल्सिनाले रोटरी क्लब अफ नारायणी मिडटाउनका अध्यक्ष अशेष भण्डारीलाई एक लाख पैसठ्ठी हजार रुपैयाँ रकमको चेक हस्तान्तरण गरेका थिए । उल्लेखित कार्यक्रमहरुमा बैंक तथा रोटरी क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस