
गोर्खाज फाइनान्सको अध्यक्षमा यादवचन्द्र राई चयन भएका छन् । मंगलबार बसेको सञ्चालक समितिको बैठकले सञ्चालक राईलाई बुधबारदेखि नै लागू हुने गरी बाँकी कार्यकालको लागि अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।
यसैबीच, मंगलबार नै सम्पन्न सञ्चालक समितिको बैठकले अध्यक्ष प्रेमबहादुर खापुङको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस