aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

माछापुच्छ्रे बैंकको ‘एक व्यक्ति एक खाता योजना’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ बैशाख २०७६
माछापुच्छ्रे बैंकको ‘एक व्यक्ति एक खाता योजना’

माछापुच्छ्रे बैंकले नेपाल सरकारको ‘खोलौ बैंक खाता अभियान, २०७६’ अन्तर्गत ‘एक व्यक्ति एक खाता योजना’ ल्याएको छ । कुनै पनि बैंक वा वित्तीय संस्थामा खाता नभएका व्यक्तिको हकमा उक्त योजना बैंकले सुचारु गरेको जनाएको छ । उक्त खाता खोले बापत बैंक स्वयंले  १०० रुपैयाँ खातामा जम्मा समेत गरिदिने जानकारी दिएको छ ।

५ प्रतिशत आकर्षक वार्षिक ब्याजदर प्रदान गरिने भनिएको यस खाता खोल्न निकै सहज छ ।  नेपाल सरकारले जारी गरेको कुनै पनि फोटो सहितको परिचय पत्र देखाएर उक्त खाता खोल्न सकिने बैंकले जनाएको छ । बैंकको देशभर रहेका जुनसुकै शाखा वा ग्राहक सेवा केन्द्र मार्पmत उक्त खाता खोल्न सकिने व्यस्था रहेको बैंकले जानकारी दिएको छ ।

बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ९९ वटा शाखाहरु र ८३ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १८२ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर १२१ वटा एटीएमहरु संचालनमा रहेको छ ।  

प्रतिक्रिया दिनुहोस