
काठमाडौं । अहिले बजारमा निष्कासनमा रहेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको आईपिओ विक्री प्रबन्धक रहेको सानिमा क्यापिटल शनिबार पनि खुला रहने छ । क्यापिटलले आईपीओमा लगानी गर्न इच्छुक सर्वसाधारणको सहजीकरणका लागि शनिवार पनि सेवा खुला गर्ने बताएको हो । हितग्राही खाता खोल्ने, मेरो शेयरको नविकरण गर्ने लगाएतका सेवा प्रदान गर्न शनिबार पनि विहान १० देखि १ बजेसम्म कार्यालय खुला हुने जानकारी सानिमा क्यापिटलले दिएको छ ।
एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले असार १० गतेदेखि आईपीओ विक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ४७ लाख ५५ हजार कित्ता मध्य ७४ हजार कर्मचारीहरुको र २ लाख ३७ हजार ८०० कित्ता सामूहिक लगानी कोषको लागि बाँडफाँट पश्चात बाँकी ४४ लाख ४३ हजार २०० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्रीमा ल्याएको हो ।
निष्कासनमा आएको दुई दिनमै यस आईपीओमा माग भन्दा दुई गुणा बढी आवेदन परिसकेको छ । क्यापिटलले दिएको जानकारी अनुसार १ लाख ९८ हजार ८९८ जनाले १ करोड ११ लाख ७८ हजार ७२० कित्ताको लागि आवेदन गरेका छन् । यस आधारमा निष्कासनको छिटो अवधि असार १४ गनेसम्म मात्र विक्री खुला हुनेछ ।
यो आईपीओ खरिद गर्न चाहनेहरुले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्मको लागि आवेदन दिन सक्ने व्यवस्था छ । आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि– आस्वा सेवामा सहभागि सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यलयहरुबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले आधारभूत पक्ष औषतभन्दा तल रहेको ग्रेड ४ रेटिङ प्रदान गरेको छ । हाल १ अर्ब ४५ लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको आईपीओ पश्चात १ अर्ब ४८ करोड रुपैयाँ पुग्नेछ ।
अ
प्रतिक्रिया दिनुहोस