बुटवल । बाँकेको नेपालगन्जमा रहेको राष्ट्रिय वाणिज्य बैंक त्रिभुवन चोक शाखाका प्रबन्धक ललितबहादुर शाही पक्राउ परेका छन् । बैंकलाई झुक्याएर ऋण लिएको अभियोगमा पक्राउ परेका क्रणीको बयानको आधारमा सुक्रबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–११ का सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढ राष्ट्रिय वाणिज्य बैंकलाई झुक्याएर १ करोड २५ लाख रुपैयाँ ऋण लिएको अभियोगमा २७ जेठमा पक्राउ परेका थिए ।
उनीमाथि जग्गाधनी प्रमाणपत्र (लालपूर्जा), ट्रेस, नक्सा र कर तिरेको रसिदलगायतका सरकारी कागजात किर्ते गरेको आरोप लागेको छ । उनको बयान र अनुसन्धानका आधारमा बैकका प्रबन्धक शाहीलाई प्रकाउ गरिएको हो ।
प्रहरीले अहिले सरकारी कागजात किर्ते गरेको अभियोगमा अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस