aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सिराहाको मिर्चैयामा कामना सेवाकोे ८३औं शाखा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ बैशाख २०७६
सिराहाको मिर्चैयामा कामना सेवाकोे ८३औं शाखा

कामना सेवा विकास बैंकले सिराहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं. ६ स्थित थाना चोकमा आज वैशाख ४ गते आफ्नो ८३औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

 बैंकका संचालक  देव कृष्ण काफ्ले तथा बैंकका प्रदेश नं. १ प्रमुख  सुजन राई र प्रदेश नं. २ प्रमुख  राकेश सिंहले नयाँ वर्षको शुभकामना प्रदान गर्दै संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका थिए  । 

काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यो सँगै ८३ वटा शाखा तथा ३८ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै, बैंकले ABBS, Internet Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस