
देव: विकास बैंक लिमिटेडको बाह्रौं वार्षिक साधारण सभाका लागि बुक क्लोज असार ६ गतेदेखि १२ गतेसम्म बन्द गर्ने भएको छ । सभामा कम्पनीले शेयरधनीहरुलाई ५ दशमलव ५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पािरत गर्नेछ ।
हाल कायम चुक्ता पुँजीको ५ दशमलव ५ प्रतिशत बोनस शेयर दिने भएको हो । बोनसमा लाग्ने कर तिर्न भने नगद लाभांश दिएको छैन ।
उक्त लाभांश असार ५ गतेसम्म कायम शेयर धनीले मात्र पाउने छ । बोनस शेयर पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ६७ करोड रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस