
एनआईबिएल समृद्धि फण्ड–१ को खुद सम्पतिको मुल्य वैशाख महिनामा ११ दशमलव ०८ प्रति इकाई रहेको छ । जबकी अघिल्लो महिना चैत्रको अवधि भन्दा शुन्य दशमलव २२ प्रति इकाईले बढी हो । गत चैत्र महिनामा १० दशमलव २८ प्रति इकाई रहेको थियो ।
एनआईबिएल समृद्धि फण्ड–१ ले ७६ करोड २१ लाख रुपैयाँ शेयर लगानी गरेको छ । अघिल्लो महिनामा ७१ करोड २५ लाख रुपैयाँ शेयर लगानी गरेको थियो । ऋणपत्रमा ५ करोड रुपैयाँ लगानी गरेको छ ।
एनआईबिएल समृद्धि फण्ड–१ को आम्दानी ११ करोड ३१ लाख रुपैयाँ आर्जन गरेको छ । भने खर्च २ करोड २४ लाख रुपैयाँ पुगको छ ।
सुचिकृत धितोपत्रमा भएको लगानी मध्येमा वाणिज्य बैंकमा सबैभन्दा बढी मेगा बैंकको ८८ हजार ५ सय ६७ कित्ता, डेभलपमेण्ड बैंकमा सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकको ४४ हजार ६ सय ३० कित्ता, हाइड्रोपावरमा सबैभन्दा बढी चिलिमे हाइड्रोपावर कम्पनीको ५८ हजार १ सय ९० कित्ता शेयर रहेको छ ।
त्यस्तै जीवन बीमा कम्पनीमा सबैभन्दा बढी एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ४३ हजार ५ सय ७३ कित्ता, निर्जीवन बीमा कम्पनीमा हिमालयन जनरल इन्स्योरेन्सको २५ हजार ८७८ कित्ता र लघुवित्तमा सबैभन्दा बढी साना किसान विकास बैंकको ३४ हजार २ सय १४ कित्ता शेयर रहेका छन् ।
प्रतिक्रिया दिनुहोस