aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

एडिबीद्वारा नेपाललाई दिन २४ अर्ब ऋण स्वीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ असार २०७७
एडिबीद्वारा नेपाललाई दिन २४ अर्ब ऋण स्वीकृत

काठमाडाैं । एसियाली विकास बैंकले नेपालका लागि २४ अर्ब नेपाली रुपैयाँ बराबरको सहुलियत ऋण स्वीकर्त गरेको छ । नेपालको उर्जा आपूर्ति प्रणाली सुधार तथा आधुनिकिकरणका लागि खर्च हुनेगरी उक्त ऋण स्वीकृत गरिएको बैंकले जानकारी दिएको छ । 

चरम बिजुलीको अभाव हुने अवस्थामा नेपालले पछिल्लो समय बिजुली उत्पादन बढाएपनि आपूर्ति प्रणाली सुधार नहुँदा गुणस्तरीय उर्जा उपभोग हुन नसकेकाले त्यसको सुधार गर्नका लागि ऋण स्वीकृत दिने निर्णय गरिएको बैंकले बताएको छ ।

यो ऋणको खर्चबाट नेटवर्क क्षमता बलियो बनाउने, गुणस्तरीय र विश्वासनीयता बढाउने र उत्पादन हव र लोड सेन्टरबीचको ढिलाइ न्यून हुने बैंकले विश्वास लिएको जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस