काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको आइपीओ खरिदका लागि ४ लाख १४ हजार १८० जनाको आवेदन परेको छ ।
विक्री प्रबन्धक सानिमा क्यापिटलले दिएको जानकारी अनुसार यस आईपीओमा २ करोड ३० लाख ६५ हजार ३९० कित्ताको माग गर्दै आवेदन परेको छ । जुन मागभन्दा ५ गुणा बढी हो ।
असार १० गतेदेखि १४ गतेसम्म कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ४७ लाख ५५ हजार कित्ता मध्य ७४ हजार कर्मचारीहरुको लागि सुरक्षित गरि २ लाख ३७ हजार ८०० कित्ता सामूहिक लगानी कोषको लागि बाँडफाँट पश्चात बाँकी ४४ लाख ४३ हजार २०० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो ।
प्रतिक्रिया दिनुहोस