
काठमाडौं । कोभिडका कारण विश्व अर्थतन्त्रमा नै नकारात्मक असर पर्ने देखिएको छ । कसरी आफ्नो देशको अर्थतन्त्रलाई उकास्ने भन्ने रणनीतिक योजना सहित सबै देशहरू अघि बढिरहेका छन् । यहि क्रममा छिमेकी मुलुक भारतमा पनि धेरै विदेशी लगानी आएको भन्ने कुराहरू सार्वजनिक भइरहेका छन् ।
पछिल्लो समय भारतमा बढी वैदेशिक लगानी (एफडीआई) भित्रिएको कुरा आइरहेका छ । यो विषयमा म त विश्वस्त हुन सक्दिन । भारतमा आएको लगानी जेनियुन हो कि होइन त्यो हेर्नुपर्छ । भारतीयबाटै बाहिर गएको पैसा आएको जस्तो मलाई लाग्छ । म्युचुअल फण्टहरू मैले हेरिरहेको हुन्छु । यसको मूल्य बढी भयो भने नाफा गर्ने हो । भारतीय स्टक मार्केट घटेको थियो । विस्तारै माथि जाँदै गरेको अवस्था छ ।
चाइनामा कोभिड देखिएको कारणले त्यो बिजनेश भारतमा आउँछ कि भन्ने आशा छ । अमेरिका र चाइनबीचको सम्बन्ध राम्रो छैन । यसले गर्दा भारतमा त्यो बिजनेश आउँछ कि भनेर अनुमान गरिएको हो । तर, त्यो बिजनेश इण्डोनेसियामा पनि जान सक्छ । भेतनाममा पनि जान सक्छ, मेलेलिया तथा थाइल्याण्ड जान सक्छ । बंगलादेश नै जान सक्छ । तर, भारत डेमोक्रेटिक मुलुक हो र पनि त्यो बिजनेश नेपाल तथा भारत आउँदैन । यहाँको कर्मचारी तन्त्र राम्रो छैन । यस विषयमा नेपाल र भारतमा धेरै फरक छैन ।
चाइनामा बिजनेश कि गएको त भन्दा त्यहाँ कुनै वाधा व्यवधान बिना काम हुन्छ । त्यहाँका पोलिसीहरू पनि त्यस्तै छन् । भारतमा एउटा बाटो बनाउन वर्षौ लाग्छ । चाइनामा सरकारबाट प्रमिशन पाएपछि भटाभट काम हुन्छ । चाइनाको जनसंख्या भारतकोभन्दा बढी छ । तर, चाइनाको मिडिल क्लासको पनि क्रयशक्ति बढी छ । त्यो भारतको छैन । लगानी भनेको कन्जम्सनको आधारमा गर्ने हो ।
अहिले चाइनालाई पेलेको दुईवटा कारण छ । एउटा रियलयाक्सन र अर्को ट्रम आफ्नै सेल्फिसमा गइरहेका छन् । सबै कुरा अमेरिकामा उत्पादन गरेर सम्भव छैन । अमेरिकाले हरेक कुरामा लक्ष्य गरेको छ । मेरोे विचारमा चाइना र अमेरिकाको सम्बन्ध अझ राम्रो हुन्छ । चाइना किन माथि गएको छ ? अमेरिकाले सहयोग गरेर चाइना माथि आएको हो । चाइनाको ट्रेजरी नै अमेरिकाले किनिदिएको छ । मालसामान सस्तो भएको छ । अफोटेबल भएको छ । लगानी पनि गरिदिएको छ । कम्पनी पनि किनिदिएको छ । डलर पनि किनिदिएको छ ।
डलर सबैलाई तर्साउने अस्त्र हो
अमेरिकाले चाइनालाई सहयोग नगरेको भए चाइना माथि आउने थिएन । चाइनाको ३.२/३ ट्रिलियनमध्य एक तिहाइ अमेरिकी ट्रेजरीमै छ । अमेरिकाको मेन सस्त्र भनेको डलर हो । न्यूक्लियर होला तर, मुख्य अस्त्र भने डलर नै हो । सबै देशको ट्रेजरी डलर मै राख्ने चलन छ ।
डलरमाथि शंका गर्ने भए त्यसको विकल्पमा के त ? यूरोले बजार लिन सकेन । किन कि विश्वास छैन । चाइनाले पनि गर्न खोजेको थियो । तर, सफल भएन । यो सबै विश्वास नभएका कारणले नै हो ।
डलर अझै लामो समयसम्म विश्वासनीय बन्छ । अमेरिकाले पैसा छापेर बाँडेको छ । उनीहरूको ब्यालेन्स अफ पेमेन्ट नै हेर्न सकिन्छ नि । अन्य मुद्राको तुलनामा डलरको बलियो छ । अहिले नै डलरको विश्वासनीयता गुम्दैन । मिडियम ट्रममा केही घट्छ कि भन्ने हो । डेमोक्रेटिक मुलूक भएपनि ब्यूरो क्राटिक हडलहरू धेरै छ । फ्रान्स, बेलायतलाई तर्साउने डलर हो । डलर सबैलाई तर्साउने अस्त्र हो । बम देखाउनु पर्दैन ।
कन्ट्रोल गरिएन भने एफएटीएफले घेरिहाल्छ
पैसा जति पनि ल्याए हुन्छ भन्दा इरानको होला है कोरियाको होला है भन्ने हुन्छ । त्यहाँ केही भयो भने झ्याप गरिहाल्छ । अहिले केवाईसी अनिवार्य कार्यान्वयनमा ल्याउन पछाडी कस्को हात छ ? त्यसमा कन्ट्रोल गरिएन भने फाइनान्सियल एक्सन टाक्स फोर्सले घेरिगरिहाल्छ । हाम्रो जस्तो सानो देशलाई त सहजै तर्साउन सक्छ नि । केही भयो भने जरिवाना गरिहाल्छ । त्यसैले हामी जस्ताले यस विषयमा पनि सन्तुलन गर्नुपर्छ ।
लगानी भइसकेको पैसाको लाभांशमा लैजान भने अलिकति खुलो गरिदिनु पर्छ । लाभांश लान पाउने व्यवस्था पोलिसीमा भएपनि पैसा लान सहज छैन् । सरकार तथा राष्ट्र बैंक लेभलले त्यसो भन्न मिल्दैन ।
तनहुँको पैसा फर्काउनु ठूलो जित
तनहुँ हाइड्रोपावरको पैसा फर्काउनु नेपाल कै इतिहासमा ठूलो जित हो । यो हाम्रो आउनै पर्ने पैसा आएको हो । यसमा मलाई राष्ट्र बैंकले पनि विश्वास गर्यो । यसका लागि म राष्ट्रको सरहना गर्न चाहन्छु । परियोजनामा फष्ट क्लास बैंक डिमाण्ड ग्यारेन्टी बसको हो । यसमा राष्ट्र बैंकले हामीलाई प्रोभिजिङ नगराएर ठूलो सहयोग गर्यो । तर, त्यसमा डिभिडेन्ट लाग्ला भनेर ७९ करोड भने रोकेर राखेको छ । त्यो पैसा वितरण गर्न दिएन । राष्ट्र बैंकले गरेको यो निर्णय अत्यन्त राम्रो छ । राम्रोलाई त राम्रो भन्नु पर्यो नि ।
यो पैसामा लाभांश खाला भनेर व्यालेन्स सीट करेक्ट देखाइदियो । यसले हाम्रो रेपुटेसन गुम्न पाएन । मैले पहिला नै यो पैसा आउँछ भनेको थिए । आयो । मात्रै लाभांश बाड्न पाइएन । अहिले मलाई फाइदा भएको छ । त्यो राखिएको पैसा लाभांश वितरणमा आउँछ । नेपाली बैंकले त्यसरी लडेर ल्याउनु भनेको ठूला हो । यो इतिहासमै भएको थिएन । करिब ५ करोड जति खर्च भयो । तर, पनि हामीले पैसा ल्यायौं । यसले मलाई ठूलो रिलिफ मिलेको छ । अब सरकारी प्रोजेक्टमा ग्यारेन्टी लिने कि नलिने । यसमा धेरै सोच्नु पर्ने भएको छ । यो दुविधामा म परेको छु ।
प्रतिक्रिया दिनुहोस