काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले पचास करोड रुपैयाँ बरावर रकमको १०.५ ५ ब्याज दरमा ८ वर्षे अवधिको ऋणपत्र जारी गर्ने भएको छ । ऋणपत्र निष्काशन तथा विक्रि प्रवन्धकको रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ ।
चुक्ता पूँजी ८१ करोड ८१ लाख र रु १९ करोड ७२ लाख रुपैयाँ सञ्चित कोष रहेको यस वित्तिय संस्थाले ऋणपत्र जारी पश्चात प्राप्त पुँजीबाट संस्थाको थप ब्यापार विस्तार र लगानीकर्ताको प्रतिफलमा उल्लेख्य वृद्धि हुने अपेक्षा रहेको छ ।
यस संस्थाको चैत्र २०७६ सम्म ८ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन तथा ६ अर्ब ७० करोड रुपैयाँ कर्जा लगानी रहेको छ । मञ्जुश्री फाइनान्स लिमिटेड केन्द्रिय कार्यालय, नयाँ बानेश्वर काठमाण्डौंमा रहि न्युरोड काठमाण्डौ ,नारायणगढ ,बुटवल , धनगढी , इटहरी, बिराटनगर, नेपालगञ्ज , धरान, पोखरा तथा बिरगञ्ज शाखाबाट कारोबार गरिरहेको राष्ट्रिय स्तरको वित्तिय संस्था हो ।
प्रतिक्रिया दिनुहोस