aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

राष्ट्रिय वाणिज्य बैंकद्धारा केयर रेटिङ्गसमा ए प्लस प्राप्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ असार २०७७
राष्ट्रिय वाणिज्य बैंकद्धारा केयर रेटिङ्गसमा ए प्लस प्राप्त

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले केयर रेटिङ्गस नेपालद्धारा गरिएको रेटिङ्गसमा ए प्लस  रेटिङ्गस प्राप्त गरेको छ । केयर रेटिङ्गसमा ए प्लस रेटिङ्गसले बैंकको कर्जा जोखिम न्यून रहनुका साथै वित्तीय अवस्था मजबुत रहेको बुझिने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।

  राष्ट्रिय वाणिज्य बैंक गत आ.व. २०७५/०७६ मा सबैभन्दा बढी पांच अर्ब चार करोड रुपैंया मुनाफा कमाउन सफल भएको र आ.व. २०७४/'०७५ मा बैंक वित्तीय संस्था तथा विप्रेषण कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंकको रुपमा रहेको छ ।  हाल  बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस