aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

मञ्जुश्री फाइनान्सले तोक्यो विक्रि प्रवन्धक को रुपमा एनआईबिएल एस क्यापिटल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ असार २०७७
मञ्जुश्री फाइनान्सले तोक्यो विक्रि प्रवन्धक को रुपमा एनआईबिएल एस क्यापिटल

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले पचास करोड वरावर रकमको १०.५ ५ ब्याज दरमा ८ वर्षे अवधिको  ऋणपत्र जारी गर्नको लागी निष्काशन तथा विक्रि प्रवन्धक को रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेडसँग एक संझौता गरेको छ ।

चुक्ता पूँजी रु ८१ करोड ८१ लाख र रु १९ करोड ७२ लाख संचित कोष रहेको यस वित्तिय संस्थाले ऋणपत्र  जारी पश्चात प्राप्त पूजी वाट संस्थाको थप ब्यापार विस्तार र लगानीकर्ताको प्रतिफलमा उल्लेख्य वृद्धि हुने अपेक्षा रहेको छ   । 

यस संस्थाको चैत्र २०७६  सम्म  रु. ८ अर्ब १० करोड निक्षेप संकलन तथा रु. ६ अर्ब ७० करोड कर्जा लगानी रहेको छ । मञ्जुश्री फाइनान्स लिमिटेड केन्द्रिय कार्यालय, नयाँ बानेश्वर काठमाण्डौंमा रहि न्युरोड काठमाण्डौ ,नारायणगढ ,बुटवल , धनगढी , इटहरी, बिराटनगर, नेपालगञ्ज , धरान, पोखरा तथा बिरगञ्ज शाखाबाट कारोबार गरिरहेको राष्ट्रिय स्तरको वित्तिय संस्था हो । 

यस फाइनान्सले उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाह लगायत आफ्ना ग्राहकहरुलाई रेमिटान्स लगायतका अन्य बैंकिङ्क सुविधा उपलव्ध उपलब्ध गराउदै आएको छ । 
 

प्रतिक्रिया दिनुहोस