aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

आसार महिनाको व्याज रकम राहत स्वरुप पूरै छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ असार २०७७
आसार महिनाको व्याज रकम राहत स्वरुप पूरै छुट

काठमाडौं । नेपाल राष्ट्र बैंकको २०७७ बैशाख १६ गतेको निर्देशन बमोजिमको वैशाख, जेठ र असार महिनाको ब्याजदरमा २ प्रतिशत विन्दु दरले दिइएको छुटबाहेक गरिमा बिकास बैंकले “हायर पर्चेज” शीर्षकमा कर्जा सुविधा लिएका ऋणीलाई २०७७ आषाढ महिनाको व्याज रकम राहत स्वरुप पूरै छुट दिने निर्णय गरेको छ ।

कोरोना भाईरस (कोभिड–१९) का कारण नेपाल सरकारले २०७६ चैत्र ११ गतेदेखि घोषणा गरेको देशव्यापी बन्दाबन्दीका कारण यात्रुवाहक सार्वजनिक यातायात क्षेत्रलाई अत्याधिक प्रभाव परेको देखिएकोले सुरक्षणको रुपमा सम्बन्धित सवारी साधन समेत धितो राखी विकास बैंकले यात्रूवाहक कालो नम्बर प्लेट र पर्यटकको सवारीका लागि प्रयोग हुने हरियो नम्बर प्लेटका सवारी साधन (बस, मिनीबस, माईक्रो बस, जिप र ट्याक्सी लगायत) खरिदका लागि प्रवाह गरेको हायर पर्चेज शीर्षकका कर्जा उपभोग गरिरहेका (ऋणी) हरुलाई उक्त छुट उपलब्ध गाराएको बैंकले जनाएको छ । 
 
सम्बन्धित सम्पुर्ण सेवाग्राहीहरुले २०७७ आषाढ मसान्त भित्र गरिमा विकास बैंकको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी कर्जा नियमित गराई उक्त सुविधा लिन सक्ने छन् । 

विकास बैंकले कोभिड–१९ को महामारी तथा देशब्यापी लकडाउनका कारण अत्याधिक प्रभावित सर्वसाधारण यात्रु तथा पर्यटक वाहक सवारी साधन खरिदका लागि “हायर पर्चेज” शीर्षकमा कर्जा सुविधा लिएका सेवाग्राहीहरुलाई प्रदान गर्न लागेको छुटले सम्बन्धित सेवाग्राहीहरुलाई थोरै भएपनि राहतको महशुस हुने बैंकले विश्वास लिएको जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस