
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स र सिद्धार्थ बैंक बीच बैकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट मुख्य बजार विकास प्रवद्र्धक राजु के।सी। र सिद्धार्थ बैंकको तर्फबाट सहायक महाप्रवन्धक अर्जुन भद्र खनालले हस्ताक्षर गरेका थिए ।
यस सम्झौता अन्र्तगत सिद्धार्थ बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट सेवा सहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु सिद्धार्थ बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।
प्रतिक्रिया दिनुहोस