aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

नेपालका लागि विश्व बैंकको निर्देशकमा जर्भोस नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ असार २०७७
नेपालका लागि विश्व बैंकको निर्देशकमा जर्भोस नियुक्त

काठमाडौं । विश्व बैंकले नेपाल, श्रीलङ्का र माल्दिभ्सका लागि फारिस हदाद जर्भोसलाई राष्ट्रिय निर्देशकमा नियुक्त गरेको छ । असार १७ गतेदेखि नै लागू हुनेगरी उनलाई नियुक्त गरिएको हो । 

उनले काठमाडौं उपक्षेत्रीय कार्यालयमा आधारित रहनेगरी विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलङ्काको नेतृत्व गर्दै करिब पाँच अर्ब ५० करोड अमेरिकी डलर बराबरको चालू कार्यक्रमको नेतृत्व गर्ने विश्व बैंकले जनाएको छ ।

यसअघि जर्भोस नेपालका लागि विश्व बैंकका राष्ट्रिय प्रबन्धक थिए ।  संयुक्त राज्य अमेरिकाका नागरिक हदाद जर्भोस सन् १९९६ (वि. सं. २०५२) देखि विश्व बैंकसँग आबद्ध छन् भने यसअघि उनले मलेसिया र बोलिभियामा पनि राष्ट्रिय प्रबन्धकका रूपमा काम गरिसकेका छन् ।

कोभिड–१९ का कारण जनस्वास्थ्य र आर्थिक क्षेत्रमा परेका तत्काल र दीर्घकालीन असरहरूको सम्बोधन गर्न तीनवटै देशले शीघ्र कदम चाल्नेजस्ता कार्यका लागि उनको नियुक्ति भएको विश्व बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस