aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

सनराइज बैंकद्धारा श्वेता फाउन्डेशनलाई ५ लाख सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ असार २०७७
सनराइज बैंकद्धारा श्वेता फाउन्डेशनलाई ५ लाख सहयोग

काठमाडौं । सनराइज बैंकले सिन्धुपाल्चोकको भुकम्प पीडित माझीहरुलाई एकिकृत बस्ती निर्माण गर्दै आएको श्वेता श्री फाउन्डेशनलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त परोपकारी फाउन्डेशनलाई उक्त सहयोग गरेको हो ।

शुक्रबार एक कार्यक्रमको बीच बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले श्वेता श्री फाउन्डेशनलाई चेक हस्तान्तरण गरेका हुन् । उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृतले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र विश्वब्यापी कोभिड १९को कठिन घडिमा पनि यस्ता कार्य गर्दै आएको छ । आगामी दिनमा पनि अन्य सामाजिक कार्यहरु गरिरहने जनाएका छन् । यस्तै नायिका श्वेता खड्काले फाउन्डेशनलाई विश्वास गरेकोमा सनराइज बैंक प्रति कृतज्ञता जनाए ।

सो फाउन्डेशनले स्वर्गीय नायक श्री कृष्ण श्रेष्ठको सम्झनामा वि।सं २०७३ फाल्गुन १५ गतेदेखि सिन्धुपाल्चोकको माझी बस्तीमा कुल ५३ आधुनिक र सुविधा सम्पन्न घरहरु निमार्ण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस