aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंक प्राप्ति गर्ने निर्णय पारित, स्वाप कति पायो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ असार २०७७
एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंक प्राप्ति गर्ने निर्णय पारित, स्वाप कति पायो ?

काठमाडौं । एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंक प्राप्ति गर्ने भएको छ । आइतबार सम्पन्न विशेष साधारण सभामा कञ्डेभलपमेन्ट बैंक चन डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको हो । 

कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मुल्य अनुपात १००ः ८५ लाई  उक्त विशेष साधारण सभाले स्वीकृति प्रदान गरेको छ ।  जसअनुसार कञ्चन डेभलपमेन्ट बैंक लि. का शेयरधनीहरुले कञ्चन डेभलपमेन्ट बैंक लि. को १०० कित्ता बराबर एनएमबि बैंक लिमिटेडको ८५ कित्ता शेयर प्राप्त गर्नेछन् ।

सुदुर पश्चिम क्षेत्रमा बलियो उपस्थिति रहेको कञ्चन डेभलपमेन्ट बैंक लि. लाई प्राप्ति गरे पश्चात  पश्चात बैंकको चुक्ता पुँजी रु. १४ अरव ४५ करोड पुग्नेछ भने रिजर्भ ७ अर्व ५ करोड रुपैयाँ पुग्नेछ ।  साथै, शाखा कार्यालयहरुको संख्या १८४ तथा एक्टेन्सन काउन्टरहरुको संख्या ८. पुग्नेछ । बैंकको सुदुर पश्चिम प्रदेशमा शाखाहरुको संख्या २४ पुग्नेछ ।

कञ्चन डेभलपमेन्ट बैंकको प्राप्तिले राष्ट्रको प्रादेशिक संरचनामा एनएमबि बैंकको सन्तुलित वित्तीय पहँुचको मार्गचित्र कोर्न नयाँ आयाम थपिएको छ जसबाट ग्रामीण तथा शहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा र विकास प्रदान गर्ने उद्देश्य रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस