
काठमाडौं । मेगा बैंक नेपालले गण्डकी विकास बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार थालेको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंकलाई मेगाले प्राप्ति गरेको थियो। आइतबार पोखरामा एक समारोहकाबीच गण्डकी विकास बैंकलाई मेगा बैंकमा प्राप्तिको घोषणा गरी ‘मेगा बैंक नेपाल लिमिटेड’को नामबाट एकीकृत कारोबार शुरू गरिएको हो ।
आइतबारगण्डकी विकास बैंकलाई मेगा बैंकमा बिलय गरिएको घोषणा गरिएको थियो। कार्यक्रममा गण्डकी प्रदेश प्रमुख अमीक शेरचनले मध्यमवर्गीय नेपालीहरुको बैंक बन्न मेगालाई शुभकामाना दिएका दिए। साबिक गण्डकी विकास बैंक सञ्चालकका अध्यक्ष सुशील गौचनले मेगा बैंकमा समाहित हुन पाउँदा आफूहरु अत्यन्तै हर्षित भएको बताए।
मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाहले ९५ वटा शाखा कार्यालय रहेको गण्डकी विकासलाई मेगामा विलय गरेको घोषणा गरेका छन्। मेगाले गण्डकी विकास बैंकलाई एक बराबर एक शेयर स्वाप दिएर विलय गराएको हो ।
कार्यक्रममा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले गण्डकी प्रदेशका ११ वटै जिल्लामा शाखा कार्यालय विस्तार भएको गण्डकी विकास बैंकलाई प्राप्ति गरेपछि गण्डकी प्रदेशमा मात्रै मेगा बैंकको शाखा सञ्जाल ४८ वटा भएको बताइन्।
अब मेगा बैंकको शाखा सञ्जालका हिसाबले वाग्मती प्रदेशपछि गण्डकी प्रदेश दोस्रो नम्बरमा रहेको उनले बताइन्। मेगा बैंकको शाखा सञ्जाल अब ५८ वटा जिल्लामा फैलिएको छ। उनका अनुसार मेगा बैंकको निक्षेप १ खर्ब २५ अर्बभन्दा बढी र कर्जा १ खर्ब ९ अर्बभन्दा बढी रहेको उनले बताइन ।
प्रतिक्रिया दिनुहोस