aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

सनराइज बैंक र रोयल रेमिटबीच अनलाइन विप्रेषणसम्बन्धि सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ असार २०७७
सनराइज बैंक र रोयल रेमिटबीच अनलाइन विप्रेषणसम्बन्धि सम्झौता

काठमाडाैं । सनराइज बैंक लिमिटेड र अष्ट्रेलिया स्थित ह्वाइट एभरेष्ट प्रा.लीले संचालन गरेको रोयल रेमिटबीच अनलाइन माध्यबाट विप्रेषण सेवा दिनेसम्बन्धि सम्झौता भएको छ ।

उक्त सम्झौताअनुसार अष्ट्रेलियामा रहेका नेपालीहरुले नेपालमा रहेका आफन्तलाई पैसा पठाउन अझ सरल हुने विश्वास लिइएको छ ।

यसरी रोयल रेमिट नेपाल मार्फत पैसा पठाउँदा उच्च विनिमय दरमा रकम पठाउन सकिने व्यवस्था समेत गरिएको छ ।

रोयल रेमिट नेपाल मार्पmत अष्ट्रेलियाबाट नेपालमा पठाएको पैसा केही मिनेटमै सनराइज बैंकका देशभर रहेका १३० शाखाहरु तथा बैंकका देशभरी छरिएका १० हजार भन्दा बढी एजेन्ट सञ्जाल मार्फत सजिलै नगद भुक्तानी लिन सकिनेछ ।

साथै बैंक खातावालाको हकमा भने, यो सेवा सनराइज बैंकको खातामा मात्र सिमित नभइ देशका अरु विभिन्न वाणिज्य र विकास बैंकहरुको खाताहरुमा समेत केही मिनेटमै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ ।

सनराइज बैंकको विस्तारित सेवाबाट नेपालमा वैधानिक तवरले विप्रेषण रकम भित्रिनेमा बैंक विश्वस्त छ ।

प्रतिक्रिया दिनुहोस