
काठमाडौं । प्रभु बैंकले संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको छ ।
असार २१ गतेदेखि बैंकले २८ लाख १० हजार कित्ता संस्थापक शेयर विक्री खुला गरेको हो । साउन ५ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने यो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १२२ तोकिएको छ ।
बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गर्नुपर्नेछ । आवेदन फारम मुक्तिनाथ क्यापिटल लिमिटेडबाट प्राप्त गर्न सकिनेछ ।
आवेदन दिदाँ न्यूनतम १ लाख कित्ताका लागि दिन सकिनेछ भने अधिकतमका लागि कुनै हद तोकिएको छैन् ।
सबैभन्दा बढी दररेटमा खरिद माग गर्ने आवेदकलाई शेयर विक्री गरिने बैंकले जानकारी दिएको छ । प्राप्त आवेदन साउन ६ गते विहान १० बजे मुक्तिानाथ क्यापिटलको कार्यालय, कमलादी, काठमाडौंमा खोल्ने छ ।
प्रतिक्रिया दिनुहोस