aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

चौतारी र आरम्भको एकिकृत कारोबार आजबाट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ असार २०७७
चौतारी र आरम्भको एकिकृत कारोबार आजबाट

काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्था र आरम्भ लघुवित्त वित्तीय संस्थाले मर्जरपश्चात असार २२ गते सोमबारदेखि एकिकृत कारोबार सुरु गरेका छन् । २०७६ साल जेठ २२ गते मर्जर सहमति गरेका यी कम्पनीहरुले सोमवार एक कार्यक्रमको आयोजना गरी एकिकृत कारोबार शुरु गरेको जानकारी दिएका हुन ।

यी दुई कम्पनीले मर्जरका लागि नेपाल राष्ट्र बैंकबाट २०७६ फागुन १८ गते स्वीकृति पाएका थिए भने कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार १ गते स्वीकृति पाएका हुन । 

यी दुई कम्पनीविच १ बराबर १ शेयर आदानप्रदान गर्ने गरि मर्जरमा गएका हुन । गत पुस ९ गते दुबै कम्पनीको साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । मर्जरपश्चात एकिकृत कारोबार आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नामबाट भएको हो ।

आरम्भले यस अघि १५ जिल्ला र चौतारीले पनि १५ जिल्लाबाट सेवा प्रदान गरिरहेको थियो । एकिकृत कारोबार पश्चात कार्यक्षेत्र ३० जिलामा फैलिएको छ । मर्जरपश्चात एक भएको कम्पनीको चुक्तापूँजी  २६ करोड ३४ लाख ४८ हजार रुपैयाँ पुगेको छ । 

जगेडा कोष रकम  ७ करोड ६० लाख ६५ हजार रुपैयाँ कायम भएको कम्पनीको निक्षेप ८५ करोड ७३ लाख १५ हजार रुपैयाँ र कर्जा प्रवाह  २ अर्ब ५० करोड ८० लाख ७४ हजार रुपैयाँ पुगेको छ ।  दुबै कम्पनीको गरेर खुद नाफा  ३ करोड ८१ लाख ९७ हजार रुपैयाँ कायम भएको छ ।
 

प्रतिक्रिया दिनुहोस