aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

ङादी ग्रुपद्वारा नगद लाभांश बैंक खातामै जम्मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ असार २०७७
ङादी ग्रुपद्वारा नगद लाभांश बैंक खातामै जम्मा

काठमाडौं । ङादी ग्रुप पावरले बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । कम्पनीले असार १० गते सम्पन्न छैठौं वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत नगद लाभांश असार १६ गतेदेखि खातामा जम्मा गरेको हो । 

कम्पनीले नगद लाभांश सदस्यहरुको बैंक खातामै उपलब्ध गराउने भएकाले हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीले आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क गरी बैंक खाता अद्यावधिक गराउन कम्पनीले आग्रह गरेको छ ।

साथै , आफ्नो शेयर धितो राखेका शेयरधनीहरुको हकमा नगद लाभांश प्राप्त गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र अनिवार्य रुपमा प्रयोग गर्नुपर्नेछ । कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस