aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

शेयर बजारमा सबै सूचक हरियो, एक अर्ब माथी कारोबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ असार २०७७
शेयर बजारमा सबै सूचक हरियो, एक अर्ब माथी कारोबार

काठमाडौं । लकडाउपछि खुलेको दोस्रो साताको तेस्रो दिन धितोपत्र बजार मापन गर्ने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सबै उप–सूचकहरु हरीयाली भएको छ ।

नेप्सेका अनुसार बजार खुलेदेखि नै उकालो लागेको बजार ३७ दशमलव ९३ अंकले बढेर १ हजार ३३६ दशमलव ६६ अंकले बढेर बन्द भएको छ । यो २ दशमलव ९२ प्रतिशतको बृद्धि हो । आज क वर्षका कम्पनीहरुको मापन सूचकसमेत ६ दशमलव ७१ अंकले बढेर २ सय ८२ दशमलव ५९ अंकमा पुगेको छ । यो हिजोको कारोबारामा २ दशमलव ४३ प्रतिशतको बृद्धि हो ।

आज १७८ कम्पनीको १८ हजार १ सय ४० पटको कारोबारमा २८ लाख ८३ हजार ९४८ कित्ता शेयर खरिद बिक्रि हुँदा कारोबार रकम १ खर्ब २१ करोड २४ लाख २६ हजार २६७ रुपैयाँ भएको छ ।

बजार खुलेदेखि नै हरियाली बनेको नेप्सेका सम्पूर्ण उपसूचकहरु हरियाली देखिएको छ । सबै भन्दा धेरै होटल समूहका ८ दशमलव ८८ प्रतिशतले बढेको देखिएको छ । 

मंगलबार मञ्जुश्री फाइनान्स, नेपाल रि–इन्स्योरेन्स कम्पनी, नेपाल सेवा लघुबित्त, ओरियन्टल होटल, प्रुडियनशियल इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, सुर्योदय लघुबित्त, सामुदायीक लघुबित्त, सिदार्थ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स लगाएतका कम्पनीका लगानीकर्ताहरुले करिब १० प्रतिशतले नाफा कमाएका छन् ।

त्यस्तै, आज खानीखोला हाइड्रोपावर, ग्लोबल आइएमई लघुबित्त, घलेम्दी हाइड्रो लिमिटेड कम्पनी लगाएतका शेयरधनीहरुले करिब ३ प्रतिशतले गुमाउनु परेको छ । 

त्यसैगरि, आज सबै भन्दा धेरै शेयर कारोबार हुनेमा नेपाल रि–इन्स्योरेन्स कम्पनी एक लाख ८९ हजार कित्ता माथीको कारोबार हुँदा ९ करोड १२ लाखमाथीको कारोबार भएको छ । भने दोस्रोमा एनएमबी बैंकको १ लाख २९ हजार कित्ता माथीको कारोबार हुँदा ५ करोड नौं लाख माथि रकमको कारोबार भएको छ । 

मंगलबार तीन घण्टाको कारोबार अवधिमा नेप्से परिसूचक ४४ दशमलव ८४ अंक बढेर १ हजार ३४३ दशमलव ५७ विन्दुमा पुगेको थियो । यस अवधिसम्म ३ दशमलव ४५ प्रतिशत बढेको बजारमा रू. ९० करोड २६ लाख ८९ हजार बराबरको कारोबार भएको थियो । यो कारोबार १७५ कम्पनीको १४ हजार १५६ पटकको व्यापारमा भएको हो ।

तीन घण्टाको कारोबारमा सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको रू. ८ करोड ८० लाख १९ हजार बराबरको शेयर कारोबार भैसकेको थियो । 

रू. ४४ ले शेयरमूल्य बढ्दा नेपाल पुनर्बीमाको शेयरमूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । 

प्रतिक्रिया दिनुहोस