aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

एनआईसी एशीयाका ऋणीलाई ब्याज तथा किस्ता बुझाउन ताकेता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ असार २०७७
एनआईसी एशीयाका ऋणीलाई ब्याज तथा किस्ता बुझाउन ताकेता

काठमाडौं । एनआईसी एसीया बैंकले बैंकका ऋणीलाई साँवा तथा ब्याज भुक्तानी गर्न ताकेता गरेको छ । बैंकले असार मसान्त भित्र ऋणको सावाँ तथा ब्याज भुक्तानी गरेमा सम्पूर्ण ऋणीहरुलाई साउनदेखि ९.९९ प्रतिशत मात्र ब्याज लागू गर्ने जनाएको छ ।

सम्पूर्ण ग्राहकहरूले २०७७ आषाढ मसान्तसम्मको सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता रकम २०७७ आषाढ मसान्तसम्ममा चुक्ता भुक्तान गरेमा १ श्रावण २०७७ देखि लागू हुने गरी उक्त कर्जाको विद्यमान ब्याजदरलाई कम गरी ९.९९ प्रतिशत कायम गर्ने योजना उक्त बैंकले ल्याएको हो । 

यस बैंकबाट मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गरेका सम्पूर्ण ग्राहकहरूले २०७७ आषाढ मसान्तसम्ममा चुक्ता गर्नु पर्ने छ । 

ऋणीहरूले चैत्र मसान्तसम्ममा भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता, ब्याज लगायत तिर्न बाँकी रहेको वक्यौता साँवा तथा ब्याज भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने रकम तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट प्रदान गरी सम्बन्धित ग्राहकको बैंक खातामा जम्मा समेत गरेको बैंकले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस