
काठमाडौं । कामना सेवा विकास बैंक र रेमिट टु नेपालबीच एक अर्काको प्रतिनिधिको रुपमा रही विप्रेषण सम्बन्धी कारोबार गर्ने गरी सम्झौता भएको छ । यस बाट ग्राहकहरुले अझै सहज रुपमा विप्रेषण सुविधा लिन सक्ने बैंकको अपेक्षा रहेको छ ।
बैंकका तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैकिङ प्रमुख सुवास भट्टराई तथा रेमिट टु नेपालका तर्फबाट माहाप्रबन्धक सन्तोष भेटुवालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । काठमाडौं–३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस