aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 
बैंक तथा वित्तीय संस्था

११ महिनामा ४५५ अर्ब निक्षेप संकलन र ३२२ अर्ब कर्जा प्रवाह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ असार २०७७
११ महिनामा ४५५ अर्ब निक्षेप संकलन र ३२२ अर्ब कर्जा प्रवाह

काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म बैंक तथा वित्तीय संस्थाले ४ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । देशमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरूले चालु आवको ११ महिनामा सो निक्षेप उठाएका हुन् । वित्तीयहरू संस्थाहरूले समीक्षा अवधिमा तीन खर्ब २२ अर्ब कर्जा प्रवाह गरेका छन् । २०७६ साउनमा बैंक तथा वित्तीय संस्थाको जम्मा निक्षेप ३३ खर्ब ३३ अर्ब थियो । २०७७ जेठमा आइपुग्दा सो निक्षेप बढेर ३७ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै सो अवधिका कुल कर्जा पनि बढेर ३२ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ । २०७६ साउनसम्म यस्तो कर्जा २९ खर्ब २० अर्ब रुपैयाँ थियो । 

कोभिड महामारीका कारण सरकारले गरेको लकडाउन बेला चैत महिनामा बैंक तथा वित्तीय संस्थाले २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने वैशाखमा सो निक्षेप २९ अर्ब रुपैयाँले नै घटेर फेरि ३६ खर्ब ६८ अर्ब मै सीमित भएको छ । कर्जातर्फ भने चैतमा ४५ अर्ब रुपैयाँले बढेको छ भने वैशाख र जेठमा १३÷१३ अर्ब रुपैयाँले कर्जा घटेको छ । 

बैंक तथा वित्तीय संस्थाको गत साउनमा निक्षेप घटेको छ भने भदौ महिनामा बढेको छ । भदौमा बैंक तथा वित्तीय संस्थाहरूले २३ अर्ब रुपैयाँले निक्षेप बढाएका छन् । असोजमा पुन निक्षेप घट्ने क्रमले निरन्तरता पाएको छ । कार्तिक महिनामा निक्षेपमा झिनोमा वृद्धि भएको छ । मंसिरमा एक्कै पटक ३० अर्बले निक्षेप बढेको छ । पुसमा घटेको छ । पुसको तुलनामा माघमा ५० अर्बले निक्षेप बढेर कुल ३६ खर्ब १४ करोड पुगेको छ । फागुनमा पुनः ५४ करोडले निक्षेप बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । 

त्यस्तै कर्जातर्फ साउनमा ६ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । भदौमा ५७ अर्ब कर्जा प्रवाह भएको देखिएको छ । असोजमा ४१ अर्ब, कार्तिकमा १८ अर्ब, मंसिरमा ३४ अर्ब कर्जा भएको राष्ट्र बैंकले बताएको छ । पुस महिनामामात्रै ७५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।

माघ महिनामा जम्मा २४ अर्ब रुपैयाँमात्रै कर्जा प्रवाह गरेका छन् । त्यतिबेला बैंक तथा वित्तीय संस्थामा लगानी योग्य पुँजी नहुँदा कर्जाको माग भएपनि कर्जा प्रवाह गर्न मागअनुसारको कर्जा प्रवाह गर्न सक्ने अवस्थामा बैंक तथा वित्तीय संस्थाहरू थिएनन् । फागुनमा भने बैंक तथा वित्तीय संस्थाले ३४ अर्ब रुपैयाँ कर्जा गरेर कुल ३२ खर्ब २३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । 

प्रतिक्रिया दिनुहोस