
एनआईसी एशिया ग्रोथ फण्डको खुद सम्पतिको मुल्य वैशाख महिनामा ११ दशमलव ३५ प्रति इकाई रहेको छ । जबकी अघिल्लो महिना चैत्रको अवधि भन्दा शुन्य दशमलव ३६ प्रति इकाईले बढी हो । गत चैत्र महिनामा १० दशमलव ७१ प्रति इकाई रहेको थियो ।
एनआईसी एशिया ग्रोथ फण्डले ५५ करोड ३९ लाख रुपैयाँ शेयर लगानी गरेको छ । अघिल्लो महिनामा ५२ करोड ९० लाख रुपैयाँ शेयर लगानी गरेको थियो । ऋणपत्रमा २ करोड ९४ लाख रुपैयाँ लगानी गरेको छ ।
एनआईसी एशिया ग्रोथ फण्डले आम्दानी ११ करोड ५८ लाख रुपैयाँ आर्जन गरेको छ भने खर्च १ करोड ७३ लाख रुपैयाँ पुगको छ ।
सुचिकृत धितोपत्रमा भएको लगानी मध्येमा वाणिज्य बैंकमा सबैभन्दा बढी नेपाल बैंकको ७२ हजार २ सय कित्ता, डेभलपमेण्ड बैंकमा सबैभन्दा बढी कामना सेवा विकास बैंकको ६९ हजार ७ सय ७६ कित्ता, हाइड्रोपावरमा सबैभन्दा बढी आँखुखोला जलविद्युत कम्पनीको ३४ हजार ३ सय ४० कित्ता शेयर रहेको छ ।
त्यस्तै जीवन बीमा कम्पनीमा सबैभन्दा बढी प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको २० हजार ४६ कित्ता, निर्जीवन बीमा कम्पनीमा प्रभ् इन्स्योरेन्सको १७ हजार १५० कित्ता र लघुवित्तमा सबैभन्दा बढी साना किसान विकास बैंकको १४ हजार ८ सय ८१ कित्ता शेयर रहेका छन् ।
प्रतिक्रिया दिनुहोस