aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

कुमारी बैंकको दुई दिन सम्पूर्ण बैंकिङ सेवा बन्द हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ असार २०७७
कुमारी बैंकको दुई दिन सम्पूर्ण बैंकिङ सेवा बन्द हुने

काठमाडौं । कुमारी बैंकको दुई दिन सम्पूर्ण बैंकिङ सेवा बन्द हुने भएको छ । बैंकल देवः विकास बैंकलाई प्राप्ति गरी असार २८ गतेदेखि एकिकृत कारोबार सुरु गर्न लागेको भएकाले डाटा माइग्रेसन प्रयोजनको लागि असार २६ गते शुक्रबार र २७ गते शनिवार बैंकको सम्पूर्ण बैकिङ कारोबार बन्द हुने जनाएको छ ।

दुई दिन नै कुमारी बैंकको एटिएम लगायतका सम्पूर्ण डिजिटल कारोबार समेत अबरुद्द हुन सक्ने बैंकले जनाएको छ । त्यस्तै देवस्को हकमा असार २४ गतेदेखि नै डिजिटल कारोबार अबरुद्द हुने सक्ने समेत बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस