aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

एनआईसी एशिया लघुवित्तको आईपीओ सूचीकृतमा रेकर्ड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ असार २०७७
एनआईसी एशिया लघुवित्तको आईपीओ सूचीकृतमा रेकर्ड

काठमाडौं । असार २० गते शनिवार आईपीओ बाँडफाँट गरेको  एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गराएको छ । 

विक्री बन्द भएको सातादिनभित्रै आईपीओ बाँडफाँट गर्न सफल कम्पनीले सूचीकरण प्रकृयामा पनि रेकर्ड कायम गरेको हो । सम्भवत् हालसम्म यो अवधिसम्म कुनै कम्पनीको पनि शेयर सूचीकृत भएको थिएन । 

कम्पनीले असार १० गतेदेखि १४ गतेसम्म कुल ४७ लाख ५५ हजार कित्ता मध्य ७४ हजार कर्मचारीहरुको लागि सुरक्षित गरि २ लाख ३७ हजार ८०० कित्ता सामूहिक लगानी कोषको लागि बाँडफाँट पश्चात बाँकी ४४ लाख ४३ हजार २०० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गरेको थियो । 

कम्पनीले संस्थापकतर्फको १ करोड ४५ हजार र सर्वसाधारण तर्फको ४७ लाख ५५ हजार कित्ता गरि कुल १ करोड ४८ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको हो ।

बिहीवारदेखि कारोबार गर्न सकिने यो शेयरको पहिलो कारोबारका लागि नेप्सेले रू. ११० दशमलव ४३ देखि ३३१ दशमलव २९ को मूल्य तोकेको छ ।
 

प्रतिक्रिया दिनुहोस