aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 
डिजिटल प्रविधि

युवालाई लक्षित गरेर नबिल बैंकले ल्यायो जेन–एन अकाउन्ट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ असार २०७७
युवालाई लक्षित गरेर नबिल बैंकले ल्यायो जेन–एन अकाउन्ट

काठमाडौं । नविल बैंकले युवा पुस्तालाई लक्षित गरेर जेन–एन अकाउन्ट सञ्चालनमा ल्याएको छ । वित्तीय क्षेत्रलाई पूर्ण रुपमा डिजिटल बनाउने अभियान स्वरुप बैंकले सो अकाउन्ट सञ्चालनमा ल्याएको हो । बैंकले कोभिडबाट हुन सक्ने जोखिम न्यूनीकरण गर्न डिजिटल प्रविधिमा जोड दिएका नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बताए । 

‘हाम्रो यो अकाउन्ट युवा वर्गले अत्यन्तै रुचाएका छन्,’ उनले भने ‘अहिलेको अवस्थालाई मध्यनजर गरेर मानिसलाई नभेटी घरमै बसेर काम गरौं भन्ने उद्देश्यका साथ यो अकाउन्ट ल्याएका हौं ।’  खासगरी यो अकाउन्ट युवा वर्गमा अत्यन्त लोकप्रिय बनेको छ । 

‘यो अकाउन्ट सञ्चालनमा ल्याउनुभन्दा पहिला हामीले बजारको अध्ययन गर्यौ,’ उनले भने ‘युवाहरुलाई कसरी खाता खोल्न आकर्षित गर्ने भन्ने सोचका साथ हामीले अघि बर्ढौ ।’ टेक्निकल रुपमा युवाहरु अगाडी र जे काम पनि फाष्ट हुुनुपर्ने उनीहरूको नेचर बुझेर यो प्रडक्ट ल्याएका हौं । यो अकाउन्टको अर्को पक्ष भनेको युवाहरुमा बचत कल्चर बसाउन तथा प्रोत्साहन गर्ने बैंकको उद्देश्य हो ।

जेन–एन  एकाउन्ट घरमै बसेर कम्युटरबाट जो सुकैले पनि खोल्न सकिन्छ । घरमै बसेर कम्प्युटर वा फोनबाटै खोल्न सकिन्छ । यो बचत खाता हो । यसमा ४ प्रतिशत उच्च ब्याजदर दिइन्छ । बैंकले यो खाता सुरुआत गरेको केही दिन मात्रै भएको छ र यसबाट राम्रो रेस्पोन्स राम्रो आएको छ । 

सरकार तथा नेपाल राष्ट्र बैंकले परिकल्पना गरेको डिजिटल नेपाल बनाउने रणनीतिलाई सार्थक बनाउन बैंकले यो एकाउन्ट सञ्चालनमा ल्याएको हो ।  कोभिडको यो महामारीलाई अवसरमा बदल्न बैंक लागिपरेको हो ।उनले भने ‘बैंक तथा वित्तीय संस्थाले अबका दिनमा गर्ने भनेको डिजिटल कारोबार नै हो, यसमा हामी सबै जना क्लियर छौं, द्विविधा छैन ।’ 

डिजिटल कारोबारलाई टेवा पुर्याउने उद्देश्यले नविल बैंकले जेनएन अकाउन्ट सञ्चालनमा ल्याएको छ । यो खाता खालिसकेपछि पैसाको कारोबार गर्न एकपटम पनि बैंकमा जानु पर्दैन । मोबाइल एपबाट कारोबार गर्न सकिन्छ । नबिल बैंकको बचत खातामा पाइने इन्स्योरेन्स सेवा यसमा लागू गरिएको छ ।  बैंक विभिन्न घातक रोगको समेत इन्स्योरेन्स कभरेज गरी यो एकाउन्टलाई अगाडि बढाइरहेको छ ।

कसरी खोल्ने जेनएन खाता ?

नबिल बैंकको वेवसाइटमा गएर जेन–एन एकाउन्टमा गएर क्लिक गरिसकेपछि अरु खातामा जस्तै अनलाइन फारम भर्न सकिन्छ । लकडाउनपछि आवश्यक डकुमेन्ट बुझाउन सकिन्छ । लकडाउन पनि खाता खोल्न नयाँ खाता खोल्ने ग्राहकलाई सेवा दिन सकिन्छ । अहिले खाता खोलेर डिपोजिट गर्न सकिन्छ । 

केवाइसी कसरी भर्ने ?

अनलाइनबाट खाता खोल्दा अहिले बैंकले टेम्पोररी केवाइसी भर्न आदेश गर्छ । यो अकाउन्टबाट एक लाखसम्मको कारोबार गर्न सक्ने सुविधा छ । अन्य विवरणका लागि लकडाउनपछि फेरि ग्राहकलाई सम्पर्क गरेर आवश्यक डकुमेन्टहरु बैंकले मगाउने छ । 

आम ग्राहकसम्म नबिल बैंक पुर्याउने अवधारणा अनुरुप यो खाता सञ्चालनमा ल्याएका हौं । जेनएन उकाउन्ट होल्डरहरूले कार्ड लिन चाहेमा नर्मल प्रोसेस हुन्छ, सो प्रोसेस पनि अनलाइनबाटै गर्न सकिन्छ । कार्ड भने सम्बन्धित ब्रान्चमा आएर आफ्नैले पिक अप गर्नुपर्ने हुन्छ । 
 

प्रतिक्रिया दिनुहोस