aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

कृषि विकास बैंकको ऋणपत्र सूचिकरण सम्बन्धी सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ असार २०७७
कृषि विकास बैंकको ऋणपत्र सूचिकरण सम्बन्धी सम्झौता

काठमाडौं । कृषि विकास बैंकको ऋणपत्र सूचिकरणका नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)सँग सम्झौता भएको छ । बिहीबार उक्त सूचिकरणसम्बन्धीको सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले हस्ताक्षर गरेका थिए । 

 “वाणिज्य बैंकहरुले २०७७ असार मसान्तभित्र आफ्नो चुक्ता पुँजीको न्यूनतम २५ प्रतिशत बराबर अनिवार्य रुपमा ऋण पत्र जारी गर्नुपर्ने व्यवस्था अनुरुप नै बैंकले ऋणपत्र जारी गरेको बैंकले जनाएको छ । 

कृषि विकास बैंक लि.को १ हजार रुपैयाँ अंकित दरका २५ लाख कित्ता बराबरको ऋणपत्र निष्काशन (डिबेञ्चर) १०.३५ प्रतिशत व्याजदर रहेको “एडीबीएल कृषि बैंक ऋणपत्र २०८३”, को सूचिकरण गरी कारोबारका लागि कृषि विकास बैंक लि. र नेपाल स्टक एक्सचेन्ज लि.विच धितोपत्र सूचिकरण सम्बन्धी सम्झौता सम्पन्न जनाएको छ ।  

सम्झौता पश्चात कृषि विकास बैंक लि.को “ एडीबीएल कृषि बैंक ऋणपत्र २०८३”, को दोश्रो बजारमा कारोवार शुरु हुनेछ  । उक्त अवसरमा कृषि विकास बैंक लि.का कम्पनी सचिव  हिमलाल पौडेल, शाखा प्रमुख उमेश पन्जियार, नेपाल स्टक एक्सचेन्जका प्रविन पन्ढाक, कुलचन्द्र रिजाल र एन आई वि.एल एस क्यापिटल लि.का संचालन अधिकृत राम कुमार महतको समेत उपस्थिती थियो ।  
 

प्रतिक्रिया दिनुहोस