
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले निष्काशन गरेको २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र “१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६” लाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
बिहीबार समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र नेपाल स्टक एक्सचेन्ज (नेप्से) तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले हस्ताक्षर गरि उक्त “१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६” सूचिकरण भएको छ । अब उपरान्त उक्त ऋणपत्र नेप्से मार्फत कारोबार गर्न सकिनेछ ।
२ अर्ब ५० करोड रुपैयाँ बराबरको (एक हजार रुपैयाँ अंकित मूल्यका २५,००,००० कित्ता ) “१०.२५ प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८६” २०७६ फागुन २० गतेदेखि २०७६ चैत ४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा सम्पूर्ण ऋणपत्र बिक्री भएको थियो ।
सटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सहयोगी विकास बैंक लिमिटेड (जनकपुर केन्द्रीय कार्यालय रहेको) लाई प्राप्ति गरी मिति २०७७ साल असार २० गते बाट एकीकृत कारोबार शुभारम्भ गरिसकेको छ । प्राप्ति पश्चात बैंकको कुल शाखा १०९ पुगेको छ । प्राप्ति पश्चात बैंकको चुक्ता पूँजी ९ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस