
काठमाडौं । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले बैंकबाट राजीनामा दिएका छन् । बैंक स्रोतका अनुसार बैंक सञ्चालक समितिसँग विवाद भएपछि बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएका हुन । स्रोतका अनुसार कुवरको राजीनामा सञ्चालक समितिमा पेश भइसेकको र सञ्चालक समितिबाट स्विकृत भइसकेको बताएको छ ।
गत मंसिर २० गते जनता बैंक विग मर्जरको नाममा ग्लोबल आइएमई बैंकसँग मर्ज भएको थियो । उक्त मर्जको सम्झौता अनुसार जनता बैंकलाई प्रमुख कार्यकारी अधिकृतको पद पाएको थियो । जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले ग्लोबल आइएमई र जनता मर्जपछि बनेको ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मा पाएका थिए ।
ग्लोबल आइएमई बैंकमा अब कामु सीइओको जिम्मेवारी बैंकका डेपुटी सिइओ महेश ढकालले पाएका छन् । बैंक मर्जका बेलामा भएको सहमति मर्जपछि ग्लोबल आइएमई बैंक सञ्चालक समितिले नमान्दा बैंकमा फेरि अर्को पहिरो जाने खतरा बढेको बैंक स्रोत बताउँछ ।
बैंकमा हाल कार्यरत माथिल्लो तहका कर्मचारहरु नै ग्लोबल आइएमई पक्षका कर्मचारीका कारण असन्तुष्ट रहेको बताइएको छ । बैंक मर्ज गर्दा कर्मचारी व्यबस्थापनका लागि स्वइच्छीक अवकाशको योजना ल्याइएको थियो । तर, मर्जभन्दा पहिला नै उक्त योजना कार्यान्वयन गर्न पर्नेमा यो महामारीबाट आक्रान्त भएका बेलामा करिब दुई दर्जन कर्मचारीलाई स्वइच्छीक अवकाशको पत्र थमाइदै छ ।
प्रतिक्रिया दिनुहोस